सडक सचालन गर्न डोजरले हिउँ पन्छाउँदै
दैलेख : डोजर लगाएर हिउँ पन्छाउन थालिएको छ । गुराँस गाउँपालिकाको –५ रानिमत्ता देखी गुराँस गाउँपालिका–१ को लालिकाँडा जाने सडकमा जमेको हिउँ पन्छाउन डोजर लगाइएको हो । बिहिवार परेको हिमपातका कारण पाँच दिन देखी सडक अबरुद्ध भएपछि डोजर लगाएर हिउँ पन्छाउन सुरु गरिएको गुरासँ गाउँपालिकाले जानकारी दिएको छ ।
गुराँस गाउँपालिका –६ का अध्यक्ष हिम वलीले पाँच दिन सम्म पनि हिउँ नपग्लीदा बाटो अबरुद्ध भए पछि गाउँपालिकाको डोजरले हिउँ पन्छाउन सुरु गरेको बताए । उनले सडक अबरुद्ध हुँदा पिलाडी हुदै सुर्खेत जाने र सुर्खेत हुदै पिलाडी,धरमपोखरा, लालिकाडा जाने साना तथा ठुला सवारी साधन चल्न नसकको बताए । उनले भने गाउँपालिकाका नागरिकले हिउँकै कारण तरकारी तथा दुध बिक्रि हुन नसकेको बताएछि आफुहरुले डोजर मार्फत हिउँ पन्छाउन सुरु गरिएको बताउँदै पिलाडी सडकको हिउँ पन्छाएको र रानिमत्ता देखी भिमचुला देखी निगलपानी सम्म हिउँ पन्छाउने कार्य जारी रहेको छ ।
हिउँ पर्न रोकिए पनि सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । सडक अवरुद्ध भएकाले दैनिक उपभोग्य सामान निर्यात गर्न समेम समस्या हुने गरेको स्थानीयले बताएका छन । गुराँस गाउँपालिका ६ का स्थानीय राम बहादुर वलीले पाँच दिन सम्म पनि सडक संचालन हुन नसक्दा आफुहरु समस्यामा परेको बताए । उनले स्थानीय सरकारलाई झक्झकाएर भर्खर हिउँ सोर्न सुरु गरिएको बताए । गुराँस गाउँपालिकामा धेरै वर्ष पनि चार फिट सम्म हिउँ परेको थियो ।