Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

सुनौला हजार दिनका आमालाई सचेतना सगैँ पोषण सामाग्री

दैलेख  :  बिपन्न सुनौला हजार दिनका आमालाई गर्भवस्था,परिवार नियोजन,कोरोना महामारी, र पोषण सम्बन्धी अभिमुखीकरण संगै पोषण सामाग्री बितरण गरिएको छ । महावु गाउँपालिकाका ६ वटै वडामा तीन २५ जना बिपन्न सुनौला हजारदिनका आमालाई सचेतना संगै सामाग्री वितबरण गरिएको महावु गाउँपालिकाले जानकारी दिएको छ ।

महावु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कुमार दशौदीले बहुक्षेत्रिय पोषण कार्यक्रम मार्फत समुदायमा आर्थिक रुपमा विपन्न सुनौला हजार दिनका आमाहरुलाई गर्भवस्था,सुत्केरी,परिवार नियोजन,पोषण,कोरोना भाइरस बाट बच्न उपाय संगै पोषण सामाग्री दिएको बताए । उनले प्रत्यके सुनौला हजार दिनका आमालाई एक लिटर तेल,तीन केजी चना,दुई केजी दाल,तीन प्याकेट नुन,चार वटा सावुन वितरण गरिएको बताए ।

उनले गर्भवति सग उपाध्यक्ष कार्यक्रम मार्फत दुई सय ८० जना महिलाहरुलाई समेत पोषण कोशेली दिन लागिएको बताउँदै आर्थिक रुपमा कमजोर भएका सुनौला हजार दिनका महिलाहरुलाई पोाषण सम्बन्धी जानकारी दिने र त्यही अनुसारको बानी ब्यबहारमा परिवर्तन ल्याउन कार्यक्रम संचालन गरेको बताए ।