Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

महिलालाई आत्मनिर्भर बनाउँन फाइवर ब्याग तालीम


दैलेख  :  आर्थिक अवस्था कमजोर भएका महिलालाई आय आर्जनमा जोड्ने उद्देश्यले फाइवर ब्याग निर्माण सम्बन्धि सिप बिकास तालीम प्रदान गरिएको छ । जिल्लाको आठबिस नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘फाईबर ब्याग’ सिप बिकास तालिम दिन लागिएको हो ।
आर्थिक अवस्था कमजोर महिलाहरुलाई सक्षम बनाएर स्वरोजगार बनाउने उद्देश्यले आठबिस नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सहयोगमा फाईबर ब्याग सम्बन्धी तालिम दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जानकारी दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना केसीले महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा पछि परेकाले महिलाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम संचालन गरिएको बताइन । उनले जिल्लाका विभिन्न स्थानीय तहमा माग भएर आएका तालीमहरु कर्यालय बाट संचालन गरिएको बताए । उनले भनीन तालीममा आदीवासी जनजाति, दलित सामुदायिका महिलाहरूलाई समेटिएको छ ।
आठबिस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले नगरपालिका र उद्यो तथा उपभोक्ता हित संरक्षण कार्यालयको साझेदारीमा उक्त सिप बिकास तालीम संचालन गरेको बताए । उनले समाजमा आर्थिक अवस्था कम्जोर भएका महिला ,एकल महिलाहरुलाई नगरपालिकाले समेत विभिन्न तालीमहरु प्रदान गरी उनीहरुलाई स्वरोजगार बनाउँन काम गरेको बताए ।
आर्थिक अवस्था कमजोर भएका आठबिस नगरपालिकाका पुरुषहरु सबै कालापहाड जाने र नासोको रुपमा एचआइभि एड्स आउने जस्ता समस्या समधान गर्न पनि कमजोर आर्थिक अवस्था भएकाहरुलाई स्थानीय स्तरमै विभिन्न तालीमहरु दिएर स्वरोजगार बनाउन नगरपालिकाले काम गरेको नगर प्रमुख उपाध्यायले बताए ।