Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पाँच वटा अध्यादेश सर्वसम्मत पारित

सुर्खेत : कर्णाली प्रदेशले ल्याएका पाँच वटा अध्यादेश प्रदेशसभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् । मंगलबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको चौँथो बैठकले प्रदेश सरकारले अधिवेशन चालु नभएको अवस्थामा ल्याएका विभिन्न पाँच वटा विधेयक सर्वसम्मतले स्वीकृत गरेको हो ।
बैठकबाट कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८, कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश लोकसेवा आयोग ९दोस्रो संशोधन० अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएका हुन् ।

यस्तै कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवासर्त र सुविधा सम्बन्धी अध्यादेश २०७८ र कर्णाली प्रदेश खेलकुद विकास सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७८ पनि बैठकबाट सर्वसम्मतले स्वीकृत भएको छ ।