Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत

सुर्खेत  :  कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको हो । मंगलबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको चौँथो बैठकले आर्थिक अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।

प्रदेशसभा संचालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरु कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमित भएको थियो ।