Loading... आजः शनिबार, बैशाख ५, २०८३
Trending

बाल विवाह गर्ने जोडि पक्राउ

पक्राउ परेका दुल्लु नगरपालिका वडा नं १२ बस्ने १९ बर्षीय गोबिन्द नेपाली । तस्बिर नेपाल प्रहरी

दैलेख  :  दैलेखमा बाल विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नं १२ बस्ने १९ बर्षीय गोबिन्द नेपाली र १६ बर्षीया बालिकालाई रहेको प्रहरीले जनाएको छ । ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले माघ १३ गते बालिकालाई बाल विवाह गरी घरमा ल्याई राखेको भन्ने जाहेरी प्रहरी कार्यालयमा परेकोले थप अनुसन्धान गर्न दुवै जनालाई पक्राउ गरिएको डीएसपी साहले बताए ।

पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी साहले बताए ।