दैलेख अध्यारोमुक्त जिल्ला हुदै
दैलेख : जिल्लाको नौमुले गाउँपालिकामा निर्माणाधिन दुई वटै हाइड्रो पावरको परिक्षण सफल भएको छ । नौमुले गाउँपालिका –३ द्धारीमा निर्माण भएको द्धारी खोला ३.७५ मेगावाट हाइड्रोपवार र गाउँपालिका –४ मा निर्माण भएको पदमखोला ४.५ मेगावाट हाइड्रोपावरले विद्युत उत्पादन भए संगै दुबै हाइड्राको परिक्षण गरिएको हो । दुई वर्ष अघि निर्माण सम्पन्न भएको द्धारी हाइड्रो पावर र भर्खर मात्र निर्माण सम्पन्न भएको पदमखोला हाइड्रोपावरको परीक्षण गरिए संगै दैलेख अव अध्यारोमुक्त हुने भएको हो ।
द्धारी हाइड्रो र पदम खोला हाइड्रोपावरबाट उत्पादन भएको बिजुली सिधै नेशलन ग्रिडमा जान थालेपछि दैलेखका बासिन्दाहरूले बत्तीको सुविधा पाउन सकेका थिएनन्, कम्पनीले गरेको पावर प्रचेच एग्रिमेन्टमा समेत आपतकालिन अवस्थामा आईसुलेसन(अफग्रिड) मोडमा बिद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान राखिएको थियो । त्यही प्रवधान अनुसार दुबै हाइड्रोपावर निर्माण कम्पनीले ग्रिड लाइनमा बत्ती नआएको बेलामा आईसुलेशन मोडबाट बिद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा खपत गर्ने कार्यका लागि परीक्षण थालिएको र परिक्षण सफल भएको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरण दैलेख बितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहोलपुर सुर्खेत लाईन अवरुद्ध हुँदा दैलेखमा समते बत्ति जाने समस्या समधान भएको बताए । उनले कोहोलपुर सर्खेत प्रशारण लाइनमा बत्तीको समस्या भएर नेशनल ग्रिडमा लामो समय बत्ती नआउने खवर पाउने बित्तिकै हामिले कम्पनीलाई खवर गरेर आइसोलेसन मोडमा बिद्युत उत्पादन गर्न भन्नेछौं र दैलेखमा बिद्युतको आपूर्ति समस्या सहज हुनेछ र दैलेखमा बत्तिको समस्या समधान हुने छ । उनले भने अहिले पावर हाउस निर्माण गरेको भारतीय कम्पनीबाट ईन्जिनियरहरु बोलाई आइसोलेसन मोड सञ्चालन गर्ने कार्य सुरु गरिएको र अव बिद्युत नियमित हुनेछ ।
पहिलो चरण अर्थात् यही माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिगं मुक्त हुनेछ, आगामी चैत्र भित्र दुल्लु क्षेत्र र असार सम्म जिल्ला नै लोडसेडिगं मुक्त बनाउने अभियानको थालनी गरिएको दैलेख शाखाका प्रमुख गौरव पाण्डेले जानकारी दिए । उाले दुई वटै हाइड्रो बाट ८.२५ मेगावाट विद्युत उप्पादन हुने भएपनि अहिले पानीको बहाफ घटे संगै उत्पादनमा समेत कमी आएको बताए
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाका नागरिकहरू र प्रभावित क्षेत्रका बासिन्दाहरूले उठाएको मागको आधारमा निर्माण कम्पनीलाई पत्राचार गरेर जिल्ला लोडसेडिगं मुक्त कसरी बनाउने, स्थानीय बासिन्दाहरूलाई शेयरको अधिकार प्रदान कसरी गर्ने र सम्झौतामा उल्लेख गरिएको रोयल्टी स्थानीय सरकारलाई प्रदान गर्न हाइड्रोपावर कम्पनीलाई आवश्यक निर्देशन समेत दिएको बताए । उनले दैलेखमा उत्पादन भएको बिजुली दैलेखमै सदुमपयोग हुने र बिद्युत् सेवा आपूर्ति भएमा कल कारखाना, उद्योग धन्दा सञ्चालनमा सहज हुने बताए ।