Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

खोपकार्ड अनिवार्य नियमले खोप लगाउने बढ्दै

तस्बिर : जिल्ला प्रशासनमा खोप लगाउँन लाइन लागेका नागरिक ।

दैलेख  : गुराँस गाउँपालिका –७ का नर बहादुर बिसी भतिजा नाता पर्नेको नागरिकता बनाउँन जिल्ला प्रशासन पुगे । प्रशासनले खोप लगाएको कार्ड मागेपछि उहाँ छक्क परे । खोप लगाएको भएपनि कार्ड नबोक्नुभएका उनलाई कार्ड नदेखाउँदा समेत जिल्ला प्रशासनमा जान पाएन्न । घरमा राखेको कार्ड फेसबुक म्यासेन्जरमा आएपछि उनी जिल्ला प्रशासनमा प्रबेश पाए र सेवा लिए । नारायण नगरपालिका –६ का शैलेश शर्मा राष्ट्रिय बाणिज्य बैकमा चेक साट्न गए । बैकको गेटमा बसेका गार्डले खोप कार्ड देखाएर मात्र प्रबेश दिने भनेपछि उनले कार्ड देखाएर बैकंमा प्रवेश पाए ।

जिल्लामा रहेका सरकारी कार्यालयले सेवा लिन आउँदा अनिवार्य कार्ड देखाउनु पर्ने नियम लागुभएपछि जिल्लामा खोप लगाउनेको संख्या बढ्दै गएको छ । कोरोना बिरुद्धको खोप नलागएर बसेका नागरिक अहिले धमाधम कोरोना बिरुद्धका् खोप खोज्दै जिल्ला स्वास्थ्य सेवा कार्यालयमा जाने गरेका छन । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना बिरुद्ध खोप नलगाएका र टाढाँ बाट सेवा लिन आएका नागरिकलाई प्रशासनै खोप लगाउने ब्यबस्था गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले नागरिकको समस्या बुझेर एक मात्र लगाए हुने खोप जिल्ला प्रशासन कार्यालयको सहयोगमा लगाइरहेको बताए । उनले जिल्ला प्रशासनमा सेवा लिन आएका एक हजार ७०६ जनाले बढिले खोप लगाएको जानकारी दिए ।
उाले गृहमन्त्रालयको परिपत्र अनुसार माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाईलमा फोटो भएपनि हुने) साथमा राख्ने यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्ने भनिएका कारण आफुहरुले पनि त्यसै अनुसार खोप कार्ड अनिवार्य गरिएको बतए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य ब्यबस्थापक थीर प्रसाद रेग्मीले कोरोना बिरुद्धको खोप चलेको एक वर्ष हुँदा पनि मनमा विभिन्न शंका पालेर बसेका नागरिक पछिल्लो समय धमाधम खोप लगाइरहेको बताए । उनले सरकारी सेवा लिन अनिवार्य खोप कार्डको ब्यबस्था हुनु र पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि नागरिक आफै कार्यालयमा आएर खोप लगाउने गरेको बताए । उनले अनिवार्य खोप कार्ड नियमलाई दण्डको रुपमा नभई खोप लगाउन प्रोत्साहन गर्नका लागि ल्याइएको बताए । उनले भने यो नियमलाई दण्डितरुपमा नभई प्रोत्साहनको रुपमा हेर्न सक्नुपर्दछ ।

कोरोना विरुद्ध लड्नका लागि खोप आवश्यक छ भनेर स्थानीय सरकार र स्वास्थ्य सेवा कार्यालयले जनचेतानामुलक अभियान पनि चलाइरहेको छ । तर, कतिपयले खोप लगाएकै छैनन । यो नियमले खोप लगाउनेको संख्या बढ्दै छ । उनले अहिले विद्यालय बन्द भए पनि खोप कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिइरहेको बताउँदै कोभिशिल्डको बुस्टर डोज, भेरोसेलको दोस्रो र बुस्टर डोज, जोनसोन एण्ड जोनसोन र मार्डना खोपको दोस्रो चरणका खोपहरु प्रत्येक पालिकामा लगाइरहेको छौ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह सयोजक लाल बहादुर खड्काले भने नगरपालिकाले पहिला पहिलो खोप लगाउन आउनुहोस् आउनुहोस् भन्यौ घरको छेउमै खोप केन्द्र राख्दा समेत खोप लगाउन मान्दैनन थिए । तर, अहिले खोप लगाउनेहरु बढ्न थालेका छन् । यो संख्या बढ्नु भनेको सरकारले ल्याएको अनिवार्य खोप कार्ड नियमका कारण पनि हो । यस सँगै पछिल्लो समय कोरोना संक्रमण बढेकोले खोप लगाउनेहरु बढेको बताए ।