Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

पशुमा बिमा प्रति आर्कषण बढ्दै

दैलेख  : ब्यबसायिक रुपमा बाख्रा भैसी र गाइपालन गरिरहेको कृषक पशु बिमा प्रति आर्कषिभ बन्दै गएका छन । व्यवसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षति कम हुने भएपछि कृषकहरु पशु बिमा प्रति आर्कषित भएका हुन । गुराँस गाउँपालिकाका तीन सय २५ बाख्राको बिमा गरिएको छ
गुराँस गाउँपालिका र युएनडिपिको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमिक रिकभरी परियोजना अन्र्तगत गुरास गाउपालिका –२,५,६ र ८ वडाको एकसय कृषका तीन सय २५ वाख्राको बिमा गरिएको हो । बिमा बापत रकम परियोजनाले ब्यहोरे पछि किसानका घरमै पुगेर पशु बिमा गरिएको एभरेष्ट ईन्सोरेन्स कम्पनि लिमिटेड दैलेखका प्रतिनिधिले जानकारी दिएका छन ।
महिला सशक्तिकरण मञ्च नेपालको अध्यक्ष सुनिता चन्दले बताए व्यवसाय रुपमा बाख्रापालन गर्ने किसानले बिमा गरेपछि वाख्रामा लाग्ने माहामारी रोगवाट हुने क्षेति कम गर्ने कृषकहरु बाख्राविमा कार्यक्रममा समाबेस गरीएको जानकारी दिइन । उनले व्यवसायमा गरेको लगानी खेर जानवाट जोगिन बाख्रामा गरेको विमा प्रभाबकारी हुने चन्दको भनाई छ । पशु बिमा गर्नु अघि कृषकहरुलाई पशु बिमाको फाइदाबारे जानकारी गराउने गरिएको छ ।