Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दैलेखमा ‘तपाईको मास्क खोई र ? अभियान

 

दैलेख  :  कोरोना संक्रमण न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले ‘तपाईको मास्क खोई ? अभियान सञ्चालन गरेको छ । सामुदायिक प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका–१ स्थित दैलेख सदरमुकामको बजार क्षेत्रमा ३ हजार मास्क वितरण गरिएको छ । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले ३ हजार वटा मास्क वितरण गरिएको बताए ।

बजारको प्रत्येक पसल, सवारी तथा चालक, पैदल यात्रु समेतलाई कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट जोगिन, अनावश्यक भीड–भाड नगर्न, विशेष काम बाहेक हिडडुल नगर्न, ठुलो संख्यामा जमघट नहुन, सामाजिक दुरी कायम राख्न, अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सचेत समेत गराईएको डीएसपी शाहको भनाई छ ।
पुस २६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शुन्य रहेको दैलेखमा पछिल्लो एक सातामा संक्रमितको संख्या ३५ जना पुगिसकेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले संक्रमितको संख्या ३५ जना रहेको बताए । जिल्लामै गरिएको परीक्षणमा १७ जनालाई संक्रमण पुष्टि भएको उनले बताए ।

दैलेख ठेगाना भएका तर नेपालगंजमा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको रेग्मीको भनाई छ । ‘ दैलेख ठेगाना भई भारतबाट फर्किनेहरुको नेपालजंगमा परीक्षण भएको हो, रेग्मीले भने ‘नेपालजंगमा परीक्षण भई कोरोना संक्रमण पुष्टि भएकाहरु गाउँ प्रवेश गरिसकेको जानकारीमा आएको छ ।’