चार मन्त्रालयको दाबी नछाड्ने माओवादी कर्णाली संसदीय दलको निर्णय
सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले चार मन्त्रालयमा आफ्नो दावी नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको दलको बैठकले सबैभन्दा ठूलो दल भएको नाताले चार मन्त्रालयमा दावी नछाड्ने भएको हो ।
कर्णाली माओवादीका प्रमुख सचेतक ठम्मर विष्टले सबैभन्दा ठूलो दल भएकाले पार्टीले चार मन्त्रालय पाउनुपर्ने दावी कायमै रहेको बताए ।
उनले भने, हामीले तीन महिना अघि नै गरेको निर्णय अनुसार अघि बढने निर्णय भएको छ । जसमा माओवादीले चार मन्त्रालय पाउनुपर्छ । चार मन्त्रालयको दाबीमा काँग्रेस र समाजवादीले हामीलाई कन्भिन्स गरेको खण्डमा तीन मन्त्रालयमा पनि सहमति गर्न सकिन्छ तर त्यसकालागि उपयुक्त कारण देखाउनुपर्छ ।
उनले सरकारमा भागबण्डाको विवाद बारे सहमति गर्न संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई जिम्मा दिइएको बताए