दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु


दैलेख : कोरोना भाइरस संङक्रमणको जोखिम बढ्दै गएपछि दैलेखमा तपाईको मास्क खै ? अभियान सुरु गरिएको छ । कोरोनाको हटस्पट बनेको दैलेखमा केही महिना कोरोनाको संङक्रमण दर शुन्यमा झरेपछि छोडिएको तपाईको मास्क खोई अभियान कारोना देखिए संगै सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय दैलेखले शुक्रवार जिल्लामा संचालित अटो चालक,स्थानीय नागरिकलाई मास्क समेत वितरण गर्दै तपाईको मास्क खै अभियान संचालन गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले अटो चालकलाई प्रतिष्पर्धी गतिमा होईन सुरक्षामा गरौँ चालक संग एक मिनेट जस्ता सचेतना मुलक कार्यक्रम समेत संचालन गरिएको बताए । उनले दुर्घटना न्युनीकरण सम्बन्धि अपानाउनु पर्ने उपाया र कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बाट बच्न अपनाउनु पर्ने सर्तकर्ताका बिषयमा समेत जानकारी दिएको बताए ।
यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएको थियो । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले सकारी निकायमा सेवा लिन नागरिकलाई कोरोना खोप कार्ड बोक्न र नलाएका नागरिकलाई खोप लगाउन समेत आग्रह गरिएको बताए । उनले लकडाउन खुलेपछि स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक संचालन गरिएको बताए ।

