Loading... आजः बुधबार, असार ११, २०८२
Trending

एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द

दैलेख  :  मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो ।
पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो । अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए ।
मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ । तर मतगणनामा ७४८ मत भेटिएको छ । अर्थात् मतदानमा सहभागी प्रतिनिधि (मतदाता) भन्दा ३१ मत बढी खसेको हो।

अधिवेशनका अध्यक्ष मण्डलका सदस्य समेत रहेका एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहका अनुसार खसेको मतका आधारमा बनाइएको मुचुल्काभन्दा ३१ मत फर्जी खसेको पाइएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको बताए । उनले निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरूको हकमा सकेसम्म पुनः प्रक्रियमा नजाले बताए । उनले भने े निर्विरोध निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको हकमा सकेसम्म पद नजाने गरी हामी निर्णयमा पुग्छौँ, । उनले ‘मतदानमा प्रतिनिधिभन्दा पनि बढी मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्ने र निर्वाचन गर्नेकी त्यहीलाई बैधानिकता दिएर अगाडी बढ्ने हामी छलफल गर्छौ ।

यता निर्वाचनमा होमिएका उम्मेदवारले भने निर्वाचन मण्डलको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन् । मतदाता संख्या ७२१ रहेको भए पनि निर्वाचन मण्डलले मतदाता संख्याभन्दा बढी मत छपाइ गर्नु मत पत्रको अर्धकट्टी नहुनु लगायतका कुराहरूमा निर्वाचन मण्डलले कमजोरी देखिएको उम्मेदवारको दावी छ । एमाले दैलेखको अध्यक्षका लागि रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीको उम्मेदवारी थियो ।