एमाले दैलेख नेतृत्व छान्न सकियो मतदान, ७१७ मत खस्यो
दैलेख : नेकपा एमाले दैलेख नयाँ नेतृत्व छनोटका लागि आज भएको मतदान सकिएको छ । विहान साढे ८ बजेबाट शुरु भएको मतदानमा ७१७ मत खसेको छ । कुल ७२१ प्रतिनिधि रहेकोमा ७१७ जनाले मात्रै मतदान गरेको निर्वाचन अधिकृत हिमालयजंग शाहल मेरोकर्णालीलाई जानकारी दिए । उकाकाअनुसार मतदान सकिएकाले कति बेलाबाट मतगणना शुरू गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्वतमान पार्टी अध्यक्ष एवम प्रतिनिधि सभा सांसद रबिन्द्रराज शर्मा र जिल्ला कमिटि सचिवालय सदस्य सुर्य बहादुर शाही चुनावी मैदानमा छन् । सहमतिका लागि अधिकतम् प्रयास गरेपनि कुनै निकाश हुन नसकेपछि अन्तत मतदानबाट नेतृत्व छनोटका लागि निर्वाचन भएको हो । एमाले दैलेखको उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत रहेका छन ।
यस्तै एमाले दैलेखको सचिवमा रुद्धबहादुर शाही र तिलक प्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । उपसचिव महिला तर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको चुनावी प्रतिष्पर्धामा छन ।