Loading... आजः शुक्रबार, बैशाख ४, २०८३
Trending

सहमतीको प्रयास असफल, निर्वाचन प्रक्रिया सुरु

..

दैलेख  :  दैलेख जिल्ला सदरमुकाममा जारी नेकपा (एमाले) को सातौँ जिल्ला अधिवेशनमा सहमतीको प्रयास असफल भएको छ । जिल्ला अधिवेशनको मुख्य एजेन्डा नयाँ नेतृत्व चयन गर्ने हो । नयाँ नेतृत्व चयनका लागि उद्घाटन सत्र सकिएसँगै थालिएको सहमतीको प्रयास असफल भएको हो । सहमतीको प्रयास असफल भएपछि अन्ततः निर्वाचन हुने भएको छ ।

सोहि अनुसार निर्वाचन कमिटिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । अहिले २ बजेदेखि साढे २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । निर्वाचन कमिटिका अनुसार साढे ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने आजै साढे ४ बजेभित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

आजै साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटिका अनुसार मतदानको समय भोली सोमवार ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय भएको छ ।


निर्वाचन किमिटिले दिएको जानकारी अनुसार अध्यक्षमा छ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रतिनिधि सभा सदस्य एवम निर्वतमान अध्यक्ष रबन्द्रि राज शर्मा, कर्ण खड्का,धीर बहादुर शाही,सुर्य बहादुर शाही(क) सुर्य बहादुर शाही(ख) प्रदेश सभा सदस्य सुशिल थापाले उम्मेदवार दिएका छन ।