निजामती कर्मचारी युनियनको अध्यक्षमा खड्का


दैलेख : नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा दिनेश कमाुर खड्का निर्वाचित भएका छन । शनिवार दैलेख सदरमुकाममा सम्पन्न आठौ जिल्ला अधिबशेनले खड्काको नेतृत्वमा सर्बसम्मत कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेम बहादुर खड्का खुल्ला महिला उपाध्यक्ष खम्बिरा केसी, समाबेशी उपाध्यक्षमा राजन कुमार बिष्ट सचिवमा निराजन बिष्ट कोषध्यक्षमा क्षेत्र बहादुर जिसी युवा सह सचिवमा जगत बहादुर सिह चयन भएका छन ।
त्यस्तै खुल्ला सदस्यमा बिनोद बिष्ट,खुम प्रसाद आर्चाय,प्रशान्त सिजापती,बम बहादुर रावल, महिला सदस्यमा सिता कुमारी मल्ल, जमुना शाही श्रेणी बिहिन सदस्यमा टेक बहादुर हमाल र भुवन वडुवाल निर्वाचित भएको उपाध्यक्ष प्रेम खड्काले जानकारी दिए । उनले निर्वाचित समितिको पहिलो बैठकले दिपेन्द्र बहादुर शाही र बिशाल शाहीलाई जिल्ला समितिको सदस्यमा मनोनित गरेको बताए ।
केन्द्रिय प्रतिनिधिमा तुल्सी उपाध्याय,दोणदेव बन,थिर प्रसाद रेग्मी,कर्ण बहादुर थापा र महिला केन्द्रिय प्रतिनिधिमा गोमा केसीलाई चयन गरेको छ । जिल्ला समन्वय समितिमा आयोजित अधिवेशन नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले उद्घाटन गरेकी थिइन ।

