नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रम सकिए लगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसी चार वटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । बैठकले निर्वाचन आयोगमा दलको बिबरण अध्यावधिक गर्ने, राष्ट्रिय सभाको निर्वाचनको उम्मेदवार बनाउँदा सभापति शेर बहादुर देउवाको हस्ताक्षर हुने र महाधिबेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएर बैठक समापन गरिएको छ ।