Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

आत्मनिर्भरको कुल कारोबार ६१ लाख बढी

दैलेख  :  जिल्लाको आत्मनिर्भर लद्यु उद्यम कृषि सहकारी संस्था लिमिटेडको कारोबार ६१ लाखभन्दा बढि पुगेको छ । नारायण नगरपालिका–१ को उक्त सहकारी संस्थाको कुल कारोबार ६१ लाख ६१ हजार ७ सय ३६ रुपैयाँ पुगेको छ । सहकारी संस्थाको सातौँ साधारण सभामा अध्यक्ष टिकादेवी जैसीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७७र०७८ को बार्षिक प्रतिवेदनमा सहकारीको स्थिर सम्पती एक लाख ३१ हजार रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिवेदनमा सहकारीले जायजेथा आर्जन गरी ६१ लाख ६१ हजार ७ सय ३६ रुपैयाँ कुल कारोबार गर्न सफल भएको उल्लेख छ । तीन सय ११ जना शेयर सदस्य रहेको सहकारीमा २ जना दलित, ३ जना जनजाती र ५ जना गरी ११ जनाको महिला शेयर सदस्यहरुको मात्रै सञ्चालक समिति छ ।

अध्यक्ष जैसीद्धारा प्रस्तुत प्रतिवेदनमा सहकारी संस्थाले सदस्यहरुलाई बचत तथा ऋण लगानी गर्ने मात्र नभई महिला हिंसा, बाल विवाह, बाल श्रम, स्वच्छ खानेपानी तथा सरसफाई, मर्यादित महिनावारी, सुरक्षित मातृत्व र मासिक आयआर्जन सम्बन्धी छलफल तथा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उल्लेख छ ।साभार ज्वाला सन्देश