Loading... आजः शुक्रबार, कार्तिक ९, २०८१
Trending

अपाङगता भएका नागरिकलाई सहायता सामाग्री

दैलेख  :  नारायण नगरपालिकामा रहेका ४१ जना अपाङगता भएका नागरिकलाई सायहता सामाग्री वितरण गरिएको छ । नारायण नगरपालिका सामाजिक विकास शाखाको कार्यक्रम अनुसार अपाङगता भएका ब्यक्तिहरुलाई सामाग्री बितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको जानकारी दिए । उनले दुई जना लाई ह्विलचियर,१९ जनालाई कोमड कुर्ची,१५ जनालाई बैशाखी, र पाँच जनालाई सेतो छडि दिएको बताए ।
अपाङगता भएका नागरिकले आफुलाई हिडडुल गर्न सामाग्री पाएको भन्दै खुसी ब्यक्त गरेका छन । उनीहरुले घरमा कोही नभएको बेला साहयता सामाग्री नहुँदा पानी समेत खान नसक्ने अवस्था भएको भन्दै अव सहज हुने बताएका थिए । आइएनएफ सुर्खेतले अपाङगता भएका नागरिकलाई बितरण गरिएका सामाग्रीको प्रयोगका बारेमा उनीहरुलाई आवश्यक परामर्श समेत गरेको नगरपालिकाले जनाएको छ ।