Loading... आजः शनिबार, कार्तिक १०, २०८१
Trending

थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म पाँच हजार २७१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।