Loading... आजः सोमवार, कार्तिक १२, २०८१
Trending

सभापति पदको दोस्रो चरणको मतदान सुरु

काठमाडौं  :  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार दिउँसो साढे ३ बजेबाट मतदान सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापति पदको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो चरणमा देउवाले २२ सय ५८ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कोइरालाले १७ सय दुई मत ल्याएका थिए । कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।