श्रृगारका सामाग्री निर्माण गर्न तालीम
दैलेख : विद्यालय पढ्ने र पढाई छोडेका किशोरी र महिलाहरुलाई क्रिष्टल, मोती र पोतेद्धारा श्रृंगारका सामाग्री निर्माण गर्न सिप सिकाईएको छ । बातावरणीय कृर्षि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा र महिला सशक्तिकरण मञ्च नेपाल दैलेखको साभेदारीतामा सञ्चालित महिला, किशोरी तथा बाल अधिकार कार्यक्रम आयोजना र जनकल्याण माध्यामिक विद्यालय डुगेश्वर गाउँपालिका –२ को समन्वयमा पाँच दिने तालीम दिइएको हो ।
तालीममा विद्यालयमा पढ्ने विपन्न बालअभियानी, दौतरीशिक्षाकर्मी र अभिभावकबाट छनौट गरेर २० जना किशोरी र ५ जना महिला गरेर २५ जनालाई क्रिष्टल मोती र पोतेद्धारा श्रृंगारका सामाग्री निर्माण गर्ने सिप सिकाइएको महिला शसक्तिकरण मञ्च नेपाल दैलेखले जानकारी दिएको छ ।
महिला शसक्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले किशोरी र महिलाहरुले यो तालिम पश्चात आफ्नो न्युन स्तरलाई माथि ल्यान र पढ्नलाई खर्च जुटाउन सकुन भनेर व्यवसाय तथा आर्यजार्न मुखि बनुन भन्ने उद्देश्यका साथ सिप सिकाईएको जानकारी दिइन । तालिम सहिकरण केडका प्रजनन् स्वास्थ्य अधिकृत इन्द्रा घतीर्ले गरेकी थिइन ।