Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

गोठपाँडा सहकारीको कुल कारोवार १४ करोड ९१ लाख

फाईल फोटो

दैलेख  :  नारायण नगरपालिकामा रहेका गोठपाँडा कृषक सहकारी सस्थाको कुल कारोवार १४ करोड ९१ लाख गरेको छ । २०६८ सालमा ८० हजार शेयर पुँजी भएको सहकारीले यो बर्ष १ करोड २२ लाख ७१ शेयर पुजी बृद्धि गरेको छ । बचत निक्षेप तर्फ १४ लाख ३२ हजार बाट बृद्धि गरी चार करोड १३ लाख ४२ हजार पु¥याएको छ । सहकारीले कर्जा लगानी तर्फ १३ लाख ८५ हजार बाट बृद्धि गरी ६ करोड ११ लाख ५६ हजार पु¥याइएको साधारण सभामा जानकारी गराइएको छ ।
सस्थाका अध्यक्ष मुना कुमारी थापाले साधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमा १४ करोड ९१ लाख ३६ हजार पाँच सयको कारोवार गरी खुद नाफा ५७ लाख १८ हजार पुगेको उल्लेख गरिएको छ ।
गोठपाँडा कृषक सहकरी सस्थाले आगामि आर्थिक बर्षमा कोरोना महामारीका कारण शेयर सदस्यहरुको ब्यबसायमा परेको प्रभावलाई पुन कर्जा,कर्जा नविकरण लगायतका कार्यक्रम संचालन गर्ने जनाएको छ । सहकारीले आगामी आर्थिक वर्षमा दुई सय जना शेयर सदस्यलाई सहकारी शिक्षा,३० जना शेयर सदस्यलाई ब्यबसायिक तालीम,५० जना सदस्यलाई लेखा समुह तालीम र ३० जना शेयर सदस्यलाई अन्तरजिल्ला सहकारी अवलोकन गर्ने निति लिएको छ ।