Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

पत्रकार उदय अधिकारी सम्मानीत

 

दैलेख  : पत्रकार उदयराज अधिकारी सम्मानित भएका छन् । गोठपाँडा कृषक सहकारी संस्था लि नारायण नगरपालिका–६ दैलेखले आफ्नो १५ औँ बाषिक साधारण सभाको अवसरमा पत्रकार अधिकारीलाई सम्मान गरेको हो ।

सञ्चारका माध्यमाबाट सहकारीका सिद्धान्त, मूल्य र मान्यताहरूको प्रचार–प्रसार गरी योगदान गरेको भन्दै पत्रकार अधिकारीलाई सम्मान गरेकोसहकारी संस्थाले जनाएको छ । पत्रकार अधिकारी धमाका राष्ट्रिय दैनिकको सह–सम्पादक र थाहा खबर डटकमको दैलेख जिल्ला प्रतिनिधि हुन् । पत्रकार अधिकारी सुशासन,अनियमितता ब्यथितिका बिरुद्धमा बढि कलम चलाउँछन ।

error: Content is protected !!