सभापतिमा घनश्याम भण्डारीको उम्मेदवारी घोषणा,पौड्याल समुह छलफलमा
दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत जिल्ला अधिबेशनमा जिल्ला सभापतिमा दुल्लु नगरपालिकाका नगर प्रमुख रहनुभएका काँग्रेसका युवा नेता घनश्याम भण्डारीले उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त क्षेत्रिय अधिवेशनमा केन्द्रिय महाधिबेशनमा अत्याधिक मत ल्याएर बिजयी भएपछि जिल्ला पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेसको बिधान अनुसार पार्टिको सभापतिमा उम्मेदवार बन्न महाधिबेशन जित्नु पर्ने प्राबधान अनुसार केन्द्रिय महाधिबेशन जिते संगै उनले उम्मेदवारी घोषणा गरेका हुन ।
उनी यस अघि नेपाली काँग्रेस क्षेत्र नः २ को क्षेत्रिय सभापति भएर एक कार्यकाल बिताइ सकेका भ०डारी पत्रकारिता पृष्ठभुमी बाट राजनीती सुरु गरेका थिए । उनी २०६४ सालमा प्रेस युनियन बाट नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव पदमा उम्मेदवार भएर बिजयी भएका थिए ।
सभापति शेरबहादुर देउवा समुह बाट जिल्ला सभापतिमा पुर्ण बहादुर खत्री,नरसिह मल्ल,खेमराज केसी,रबिन्द्र श्रेष्ठको नाम चर्चामा रहेको भएपनि महाधिबेशन प्रतिनिधिमै पराजीत भएपछि देउवा समुह बाट पार्टि सभापतिका एक्ला उम्मेदवार भण्डारी भएका छन ।
पौड्याल समुह बाट भने सभापतिमा तीन जना आंकाक्षी भएका कारण अहिले सम्म उम्मेदवारी कसैले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छैन । पौड्याल समुह बाट पुराना नेता मणिराम रेग्मी,गणेश उपाध्याय र भुपेन्द्र बहादुर शाही छन । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत दैलेखमा शुक्रवार जिल्ला अधिबेशन हुदैछ ।