Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

एमबिबिएस पढ्न गाउँपालिकाले छात्रबृत्ति दिने

दैलेख  :  जिल्लाको भैरबी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले एमबिबिएस पढ्ने एक जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको हो । गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत रकम छात्रबृति स्वरुप प्रदान गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले आर्थिक बर्ष २०७८/७९ को स्वीकृत बार्षीक कार्यक्रम अनुसार नेपाल भित्रका विश्वविद्यालयबाट एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि प्रवेश परीक्षा उर्तिण गरेका गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिन लागिएको बताए । उनले छात्रबृति प्राप्त गर्नका लागि गाउँपालिकामा मंसिर १३ गतेभित्र निवेदन दिन सुचना प्रकाशित गरिएको बताए ।

छात्रबृति एमबिबिएस (मेडिकल अधिकृत) अध्ययन गर्ने विद्यार्थीले अध्ययन पुरा गरेपछि कम्तीमा ७ बर्षसम्म भैरबी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पंगालीले जानकारी दिए ।

भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले स्थानीय सरकार नेतृत्व गरेकै वर्ष बाट यो कार्यक्रम संचालन गर्ने भनेपनि बिबिध कारणले रोकिएको बताए । उनले स्थानीय तहको निर्वाचनको बेला आफ्नो घोषणा पत्रमा स्थानीय सरकारको नेतृत्व गरेमा डाक्टर पढाउन गाउँपालिकाले छात्रबृत्ति दिने घोषणा गरेको बताउँदै त्यही अनुसार यो वर्ष बाट कार्यक्रम संचालन गरेको बताए । उनले भने पालिकामा काँग्रेस र हामी नेकपा एमाले बाट जितेका जनप्रतिनिधी कार्यपालिकामा बराबर छौ यो निर्णय पहिलै गर्न सकिएन यो वर्ष सबै जनाले सहमत भएपछि गाउँपालिकाले सुचना प्रकाशित गरेर निबेदन माग गरेका छौ ।