Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

निर्वाचन क्षेत्र नः एकको सभापतिमा खड्का दुईमा रिजाल

..

दैलेख  : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा दशरथ खड्का र निर्वाचन क्षेत्र नः दुईको सभापतिमा भरत रिजाल बिजयी भएका छन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिने खड्काले प्रतिस्पर्धीलाई १ सय ६० मत अन्तरले पराजित गदै बिजयी भएका हुन । खड्काले ४ सय ७० मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी डुगेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र मल्लले तीन सय १० मत प्राप्त गरी उपबिजेता बनेका छन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष) रिजालले प्रतिस्पर्धी रामचन्द्र पौडेल पक्षका मात्रिका रिजाललाई लाई ४७ मत अन्तरले पछि पार्दै बिजयी भएका हुन । रिजालले ३ सय ९९ मत प्राप्त गर्दा संस्थापन इतरका (काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) मात्रिकाप्रसाद रिजालले ३ सय ५२ मत प्राप्त गरेका थिए ।
बुधबार बिहान प्राप्त मत परिणाम अनुसार निर्वाचन क्षेत्र नः १ को सचिव पदमा खड्का प्यानलकै प्रकाश न्यौपाने र विनोद कुमार गुरुङ्ग सह–सचिवमा कृष्णकुमार दाहाल र सिताराम थापा ,खुला तर्फ क्षेत्रिय सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी र युवराज रेग्मी विजयी भएका छन ।
खुल्ला महिला तर्फ मानकुमारी चौधरी ,आदीबासी जनजाती तर्फ अनु राना ,दलित तर्फ गोपाल सुनार ,दलित महिला तर्फ अस्मिता विश्वकमा,अपाङ्ग तर्फ महेन्द्र राना , खस आर्य तर्फको क्षेत्रिय कार्यसमिति सदस्यमा गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन ।
यस्तै निर्वाचन क्षेत्र नः दुईको सचिव पदमा संस्थापन पक्षधरकै नैनबहादुर शाही र संस्थापन इतरका सुर्यबहादुर शाही विजयी भएका छन । । सह–सचिवमा संस्थापन पक्षका प्रकाश कुमार शाही र संस्थापन इतरका मदनबहादुर विजयी भएका छन । खुला तर्फको क्षेत्रिय कार्य समितिमा पवन कुमार थापा, दिपेन्द्रकुमार बम र नामबहादुर शाही, सदस्य महिला तर्फ शुसिला खनाल विजयी भएका छन ।
क्षेत्रिय कार्य समिति सदस्य खसआर्य तर्फ मानबहादुर शाही र रामेश्वर जैसी, क्षेत्रिय कार्य समिति सदस्य खसआर्य महिला तर्फ शर्मिला कुमारी शाही चन्द र शारदा कुमारी शाही, दलित खुला तर्फ पदमसिंह विश्वकर्मा, दलित महिला तर्फ अञ्जु विक र क्षेत्रिय कार्य समिति सदस्य अपाङ्ग अल्पसंख्यक तर्फ प्रेमप्रकाश आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन क्षेत्र नः १ मा पौड्याल समुहको एकलौटि बिजेता बनेको छ भने निर्वाचन क्षेत्र नः २ मा भने मिश्रित परिणाम आएको छ ।