Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोभिड प्रभावित युवालाई ड्राइभिङ तालिम

दैलेख  :  कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवालाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले ड्राइभिङ तालिम दिन सुरु गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका १० जना युवालाई एक महिने ड्राइभिङ तालिम सुरु भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा डुङ्गेश्वर गाउँपालिका–२ को समन्वयमा तालिम सञ्चालन भएको हो । कोरोना भाइरस (कोभिड–१९) विशेष कार्यक्रम अन्तरगर्त एक महिने ड्राइभिङ सिप विकास तालिम सञ्चालन गरिएको बताइएको छ ।

डुगेश्वर गाउँपालिका – २ का अध्यक्ष राजुकुमार खत्रीले युवाहरुलाई स्देशमै रोजगार बनाउने उद्देश्यले कोरोना भाइरस (कोभिड–१९) विशेष कार्यक्रम अन्तरगत उक्त तालीम दिन सुरु गरिएको बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना केसीले जिल्लाका सबै पालिकामा यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्ने बताइन । उनले कोरोना महामारीको बेला मात्र नभएर युवालाई स्वदेशमै रोजगारी दिन युवा लक्षित कार्यक्रम समेत संचालन गर्नुपर्नेमा जोड दिइन ।