Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

शान्ती सुरक्षाका लागि सबैको भुमिका महत्वुर्ण : शाह


दैलेख  : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक (डीएसपी) भुवनेश्वर शाहले सबैको सहयोग र सहकार्य गरी आगाडी बढ्ने बताएका छन । केही दिन अघि मात्र सरुवा भएर दैलेख पुगेका शाहले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले नागरिकहरुलाई न्याय पाउन सहजै पहुँच पु¥याउने ,र शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा आफु प्रतिबद्ध रहेको समेत बताए । उनले भने म जनताको जीउधनको सुरक्षाको लागि प्रतिबद्ध छु, कानून विपरित काम गर्नेलाई कुनै पनि हालतमा छोडिदैन, ।
प्रहरी प्रमुख शाहले दैलेखमा महिला हिंसा, बालविबाह, लागुऔषधको समस्या रहेको त्यसमा आफु संवेदनशील भएर काम गर्ने बताएका हुन् । उनले प्रहरी र सरोकारवाला निकायहरुबीचको सम्बन्धलाई अझै सुमधर बनाएर अगाडी बढ्ने बताए ।

 

error: Content is protected !!