Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

तीन वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व, एकमा घोषणा हुँदै

दैलेख :  दैलेखमा रहेका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतदान मार्फत नयाँ नेतृत्व चयन गरेको छ भने एक निर्वाचन क्षेत्रको मतगण्ना भर्खर सुरु भएको छ । नेपाली काँग्रेस दैलेखले दैलेख क्षेत्र नम्बर १ (क) र (ख) निर्वाचन क्षेत्र नः २ (क) को मात्र नतिजा सार्वजनिक भएको जनाएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा सभापति र प्रदेश महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी भएको छ निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण २ (ख) भने मतगणनाा हुन सकेको छैन । निर्वाचन मण्डलले आज विहान देखि मत गणना गर्ने कार्य सुरु गर्ने जानकारी दिएपनि भर्खर मात्र मतगण्ना सुरु भएको छ । सार्वजनिक परिणाम अनुसार तीनमध्ये एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्ष र दुई क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् ।