Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

विद्यालय समायोजन र दरबन्दि मिलान गर्दै नगरपालिका

दैलेख  :  शैक्षिक सुधार गर्नका लागि विद्यालय समायोजन र दरबन्दि मिलान गर्न लागिएको छ । जिल्लाको नारायण नगरपालिका दैलेखले नगरपालिका भित्र रहेका विद्यालयहरु समायोजन र दरबन्दि मिलान गर्ने कार्य सुरु गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालय जंग शाहले विद्यालय समायोजन तथा दरबन्दि मिलान कार्यन्वयन निर्देशिका २०७५ बमोजिम विद्यालय समायोजन तथा दरबन्दि मिलान गर्न लागिएको बताए । उनले नगरपालिकामा रहेका नौ वटा मावि,आठ वटा निमावि र २१ प्रावि विद्यालयको शैक्षिक अवस्था,प्रशासैनिक र आर्थिक अवस्था हेरेर दरबन्दि मिलान र विद्यालय समायोन गर्न लागिएको बताए ।

उनले नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखको नेतृत्वमा विभिन्न विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यबस्थापन समिति,अभिभावक संघका अध्यक्ष रहेको समिति गठन गरेर विद्यालयमा पुगेर बालबालिकाको भर्ना दर विद्यालयमा उपस्थित हुने दर,विद्यालयको भौतिक पुर्वधार,खानेपानी,शौचालयको अवस्थाको अध्यन गरिसकेपछि विद्यालय समायोजन तथा दरबन्दि मिलान कार्य गर्ने जानकारी दिए । उनले भने विद्यालयमा नगरपालिका बाट दिएका शैक्षिक अनुदानको अवस्था समेत अध्ययन गरेर आवश्यक नभएको स्थानमा दिएका शैक्षिक अनुदान फिर्ता समेत लैजाने नगरपालिकाले तयारी गरेको छ ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले निर्वाचनको बेला जनताका बिचमा गरिएको प्रतिबद्धता अनुसार शैक्षिक सुधार गर्न विद्यालय समायोजन तथा दरबन्दि मिलान गर्न लागिएको जानकारी दिए । उनले कतै विद्यालयमा दरबन्दी भएपनि विद्यार्थी नहुने र कतै विद्यार्थी भएको स्थानमा शिक्षक अभाव हुने समस्याको समधान गर्न जरुरी भएका कारण यसलाई निति तथा कार्यक्रम बाटै पारित गरेर काम गर्न सुरु गरेको बताए । उनले विद्यालय समायोजन र दरबन्दि मिलान गर्दा नारायण नगर शिक्षा समिति,विभिन्न् शिक्षक संघ संगठन संग समन्वय गरिरहेको बताए ।

error: Content is protected !!