Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रदेश प्रमुख परियारद्धारा पद बहाली


सुर्खेत  :  कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पद बहाली गरेका छन् ।

उनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पद बहाली गरेका हुन् । कात्तिक २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । बिहीबार उनले पद तथा गोपनियताको सपथ लिएका थिए ।
प्रदेश प्रमुख कार्यालयले प्रदेश प्रमुख परियारलाई स्वागत गरेको छ ।

पद बहाली गर्दै उनले इमान्दारिपूर्वक संविधानले दिएका अधिकारहरुलाई निष्पक्ष र तटस्थ रहेर पालना गर्ने बताए । कर्णालीको जनताको र यहाँको विकास निर्माणका सवालमा आफुले सहयोग र साथ र पहल गर्ने पनि प्रतिवद्धता उनले व्यक्त गरे ।