Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुर्खेतमा काँग्रेसको वडा अधिबेशन भोली

सुर्खेत  :  विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन कात्तिक २७ गते भोली शनिबार हुने भएको छ ।

यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन भोली हुने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए ।
‘जिल्लका ९९ वटै वडामा भोली विहान आठ बजेदेखि अधिवेशन सुरु हुनेछ,’ सभापति रेग्मीले भने, ‘कुनै वडामा सर्वसम्मत पनि हुन सक्छ कुनैमा चुनाव पनि हुन सक्छ ।