Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

दैलेखमा जनगणना गर्न तीन सय ११ गणक परिचालन

दैलेख :  मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बिहिवार(आज) बाट सुरु भएको १२ औं राष्ट्रिय जनगणनामा दैलेख जिल्ला भर तीन सय ११ जना गणक परिचालन भएका छन । जिल्ला जनगणना कार्यालय दैलेखले दिएको जानकारी अनुसार ११ पालिकाका तीन सय आठ जना र प्रहरी र नेपाली सेनाको जनगणना गर्न तीन जना गणक परिचालन गरिएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला जनगणना कार्यालयका कार्यालय प्रमुख मोतिराम रोकायले गणकहरुलाई मुख्यप्रश्नावली राम्रो संग भर्नका लागि निर्देशन दिएको बताए । उनले गणकहरुले हचुवाका भरमा नभएर प्रत्येक घरमा पुगेर प्रश्नावली भर्न निर्देशन दिएको बताए । उनले गणकहरुको समेत सुपरिबेक्षण गर्न ८१ जना सुपरिबेक्षक खटाइएको बताए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना समन्वय समितिका संयोजक हरि प्याकुरेलद्धारा जारी सूचनामा भनिएको छ ‘१२ औं राष्ट्रिय जनगणना २०७८ अन्तर्गत यही कार्तिक २५ देखी मंसीर ९ सम्म संचालन हुने मूल गणना कार्यका लागि घरमा पुग्ने गणकलाई वास्तबिक तथ्याङक दिन आग्रह समेत गरेका छन । उनले १० वर्षको अवधीमा जनगणना हुने भएको हुँदा आफ्नो वास्तविक तथ्याङक दिएर सहयोग गर्न बिज्ञप्ती मार्फत आग्रह गरेका छन ।

error: Content is protected !!