Loading... आजः शनिबार, जेष्ठ ११, २०८२
Trending

अनुदानका लागि १५ दिनभित्रमा निवेदन पेस गर्न आह्वान

काठमाडौं  :  अर्थ मन्त्रालयले कोभिड–१९ बाट प्रभावित परिवारलाई नगद प्राप्तिका लागि नजिकै रहेको स्थानीय तहमा १५ दिनभित्रमा निवेदन पे गर्न आग्रह गरेको छ।

मन्त्रालयले बिहिबार एक सूचना जारी गरी निवेदन पेस गर्न प्रभावित परिवारलाई आग्रह गरेको हो। मन्त्रालयका अनुसार कोरोनाबाट प्रभावित अति विपन्न पाँच लाख परिवारलाई १० हजारको दरले अनुदान दिइने छ। कुन परिवारले अनुदान पाउने भनेर सरकारले मापदण्ड पनि तोकेको छ।

सरकारले ‘कोभिड(१९ को महामारीबाट प्रभावित परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०८७’ पनि जारी भएको छ।