Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

नयाँ प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं   :   हालै नियुक्त नयाँ तीन वटा प्रदेश प्रमुखले आज पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले शपथ लिएका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले कात्तिक २३ गते उनीहरूलाई नियुक्त गरेकी थिइन्।

error: Content is protected !!