Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

कार्यक्रम कार्यान्वयन गर्न एकरुपता जरुरी अध्यक्ष : ओली

दैलेख  :  गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले कार्यक्रम कार्यान्वयन गर्न एकरुपता जरुरी भएको बताएका छन । गुराँस गाउँपालिका र यु।एन।डिपिको आर्थिक सहयोग र महिला सशक्तिकरण मञ्च नेपालको साझेदारीतामा संचालित कोभिट १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमीक रिकभरी परियोजना २ अन्र्तगत कार्यक्रम कार्यान्वयन तथा समिक्षा बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन । उनले यो कार्यक्रम किसानमुखि भएको हरेक क्रियाकलाप संचालन गर्नुपुर्व पालिकामा समन्वय गरी काम गरेकाले कार्यक्रमहरु नदोहोरीएको र किसानहरुले प्रत्यक्ष रुपमा सेवा पाईरहेको बताए ।
उनले भने पालिका संग समन्वय गरी कृषि प्राबिधिक र पशु प्राबिधिकले प्रत्येक किसानलाई प्राविधिक ज्ञान दिएको त्यसले किसान पनि खुसी भएको बताए । उनले थपे पहिलो चरणको कार्यक्रम पनि प्रभावकारी भयो दोस्रो चरणमा पनि प्रभावकारी बनाउँन पालिका बाट आफुले गर्नु पर्ने सहयोगमा कुनै कमि हुन दिने छैनौ ।

कार्यक्रम कार्यान्वयन तथा समन्वयत्मक बैठकमा महिला सशत्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्केका तथा घरेलु हिसांमा परेका र एकल महिलाहरुलाई कार्यक्रममा जोडिएको बताउँदै त्यसैका आधारमा किसानहरु ब्यसायिक बन्न सूरु गरेको बताईन ।

उनले पहिलो चरणमा कार्यक्रम संचालन नभएका वडाहरुमा कार्यक्रम संचालन भएको र अहिले सम्म किसानले आलुको विउ तरकारीको विउ,कुखुरा,बाख्रा, खोर निमार्ण सामाग्री तथा प्राविधिक ज्ञानसमेत प्रदान गरिएको बताइन ।
महिला सशक्तिकरण मञ्चका कार्यक्रम म्यानेजर गणेश बहादुर रावतले छनौट भएका किसानलाई प्रत्यक्ष रुपमा बिउ तथा प्राविधिक ज्ञान सहजै पाउने जानकारी दिए ।