Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

भारतमा एघार हजार नयाँ सङ्क्रमित


नयाँ दिल्ली  :  भारतका कोरोनाभाइरसबाट ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या २६४ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये ९८।२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

error: Content is protected !!