Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

काँक्रेविहार गोल्डकपको उपाधी पञ्चपुरीले जित्यो


सुर्खेत  :  वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकप सकिएको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको आइतबारको अन्तिम फाइनल खेलमा विवाद भएपछि उपाधिका लागि आज पेनाल्टीमार्फत खेल भएको हो । पेनाल्टीबाट भएको खेलमा आज वीरेन्द्रनगरलाई पञ्चपुरीले पेनाल्टी सुटआउटबाट उपाधि चुमेको हो ।

पेनाल्टी सुटआउटमा वीरेन्द्रनगरलाइ पञ्चपुरीले पाँचका विरूद्ध ६ गोल गरेको छ । आईतबार खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटमा एक–एक गोल भएको थियो । खेलमा विवाद भएपछि हिजो खेल स्थगित गर्दै आयोजकले हिजो भएको एक(एक गोललाई मान्यता दिएर आज चाररचार गोल मात्रै पेनाल्टीबाट खेलाउने निर्णय गरेको थियो ।

तर शुरूको चाररचार गोल बराबरीमा रोकिएपछि थप एकएक गोल हान्न दिएको थियो । दुवै टिमले पाएको थप एक गोलमध्य वीरेन्द्रनगरले गोलको सदुपयोग गर्न नसक्दा उपाधी पञ्चपुरीले जितेको हो । उपाधिका लागि प्रथम भएको ले एक लाख तथा दोस्रोले पचास हजार नगदसहित टर्फी पाएका छन् ।

error: Content is protected !!