Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेकपा एमालेले पायो ९० वडामा नयाँ नेतृत्व


दैलेख :  नेकपा एमालेको आशन्न १० औँ महाधिबेशनलाई लक्षित गरी वडा र पालिका अधिबेशन गर्ने क्रम जारी रहेको छ । कात्तिक ६ गते देशभरका वडा अधिबेशनको उद्दघाटन पार्टी अध्यक्ष एवव पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएपनि उक्त दिन हुन नसकेको दैलेख जिल्लाका ९० वटै वडाको वडाअधिबेशन सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला किमिटि दैलेखले कात्तिक १२ गते वडा अधिबेशन सम्पन्न गर्ने गरेको भएपनि आइतवार मात्र वडा अधिबेशन सकिएको नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।

नेकपा एमाले दैलेखका पार्टी कार्यलय सचिव यामनारायण उपाध्यायले भैरवी गाउँपालिकामा ५ मा वडा अधिबेशन सम्पन्न भएपश्चात ९० वटै वडामा वडाअधिबेशन सकिएको जानकारी दिए । उनले पार्टीले १२ गते वडा र १५ गते पालिका अधिबेशन गर्ने निर्णय गरेको जानकारी दिए ।

नेकपा एमाले दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रबन्द्रिराज शर्माले पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि ९० वटै वडामा सर्बसम्मत नेतृत्व चयन गरिएको बताए । उनले पार्टीलाई एकताबद्ध बनाउन सर्बसहमती बाट नेतृत्व चयन गर्नु पर्ने भएका कारण केही वडामा अधिबेशन लम्बीएको बताए ।

नेकपा एमाले बिभाजनको असर परेपनि समग्रमा जिल्लामा नेकपा एमाले एकताबद्ध रहेको बताए । उनले भने केही साथीहरु सत्ताका पछाडी लागेर उता लाग्नुभएको छ । उहाँहरुलाई मुलपार्टीमा फर्काउनका लागि प्रयासहरु भइरहेको बताए ।

उनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको स्थान भन्दा अझै बढि स्थान जित्नेगरी पार्टी अभियान संचालन भइरहेको जानकारी दिए ।