Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमा आठ जनाको मृत्यु,सारियो तीन सय घरपरिवार

सुर्खेत  : कर्णाली प्रदेशमा आइतबार साँझदेखी एक्काशी अविरल वर्षातका कारण जनजीवन प्रभावितसँगै मानवीय क्षति समेत भएको छे । सोही दिनदेखीबाट परेको लगातार भारी वर्षापछि प्रदेशमा बाढी– पहिरोमा परेर बुधबारसम्म ८ जनाले ज्यान गुमाएका छन् भने तीनसय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका एकै परिवारका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बाढी र पहिरोबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने छन् । उनीहरु गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका हुन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ । सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।

जुम्ला र सुर्खेतमा कृषकले लगाएको धानबालीमा ठूलो क्षती पुगेको छ । प्रदेश प्रहरीका अनुसार बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । जुम्लामा मार्सी धानको खेतबारी नै तीला नदीले कटान गरेको छ ।
प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ । साभार नेपाली रैवार