Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

फुटबल खेलाडीलाई सरकारले जनही पाँच लाख दिने


काठमाडौं  : सरकारले नेपाली फुटबलको राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।
साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

साफ च्याम्पियनसिमा उप विजेता बनेको नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप सो रकम उपलब्ध गराउन लागिएको मन्त्रिपरिषद्को निर्णयबारे जानरकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी, अबुदाबी डायलग्को छैठौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको मन्त्री कार्कीले बताए ।