मृतकका आफन्तले गरे सडक अवरुद्ध
दैलेख : सुर्खेत–दैलेख सडक खण्डको लादेमा भएको मिनि बस दुर्घटनामा मृत्यु भएका परिवारले सडक अवरुद्ध गरेका छन् । उचित क्षतीपूर्ति र चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्धहुँदा सुर्खेतबाट दैलेख जाने सवारीहरु ठप्प भएका छन् । दुर्घटनापछि चालक लुकाइएको र साहुलाई गाडी चलाउन दिएकाले उनलाई पक्राउ गर्नुपर्ने माग आफूहरुको आफन्तले जानकारी दिएका छन ।
पीडित परिवारले क्षतीपूर्ती दिनुपर्ने, बालकालिकाको हेरचाह लगायत गर्नुपर्ने माग राखेका छन् । तर क्षतीपूर्ती कति माग गरिएको हो भन्ने बारे आफन्तहरुले खुलाएका छैनन् । गत असोज ३१ गते दैलेखको वेस्तडाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको मीनिबस लादेमा दुर्घटना भएको थियो ।
दुर्घटनामा नारायण नगरपालिका–११ सुशील रावत र भगवतीमाई गाउँपालिका–१ की ३४ वर्षीय शान्ता थापा आचार्यको मृत्यु भएको थियो ।