Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सामाजिक विकास मन्त्रीले गरे ५० शैय्या अस्पतालको शिलन्यास


दैलेख  :  दैलेखमा ५० शैय्या अस्पतालको शिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बिसीले बिहिवार उक्त भवनको शिलन्यास गरेका हुन । भवनको शिलन्यास गर्दै सामाजिक विकास मन्त्री यज्ञ बहादुर बिसीले निर्माणको अवधी भित्र सम्पन्न र गुणस्तर भवन निर्माण गर्न सम्बन्धीत निर्माण कम्पनी र स्वास्थ्य सेवा कार्यालयलाई आग्रह गरे ।
उनले कर्णाली प्रदेशमा स्वास्थ्यका पुर्बधारहरुको अभावका बिच पनि नागरिकको उपचार गरिएको भएपनि प्रदेश सरकार आएदेखी स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन आएको बताए । उनले कर्णालीमा चिकित्सकको दरबन्दी अभावका कारण कतिपय जिल्लामा बिशेषत्र चिकित्सक अभाव रहेको बताएपछि आफुले त्यसका लागि सहजीकरण गरिरहेको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यलय प्रमुख थीर प्रसाद रेग्मीले भवन नहुँदा उपचार गर्न कठिन भएको अवस्थामा भवन निर्माणका हुने भएपछि आफुहरु खुसी भएको बताए । उनले अहिले पनि ५१ शैय्या अस्पताल जसरी स्वास्थ्य सेवा कार्यालयले नागरिकलाई सेवा दिइरहेको बताउँदै तत्काल बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी दिन आग्रह गरे ।
शिलन्यास कार्यक्रमा सहभागि प्रमुख जिल्ला हरिबहादुर प्याकुरेल,जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा,नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का लगायतले अस्पतालको पर्बुधार विकास र जनशक्तिको ब्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए । सघिय सरकारले कुल ३७ करोड लागतमा टेन्डर आह्वान गरेपनि प्रेरा क्याराभान सुपरस्टार जेभीले ठेक्का घटेर २२ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेका छ ।