Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

नमुना विद्यालय बनाउन सबैको भूमिका महत्त्वपूर्ण : सांसद शर्मा 

दैलेख  : प्रतिनिधि सभा सांसद रबिन्द्रराज शर्माले रेडक्रस माध्यमिक विद्यालयलाई नमुना विद्यालय निर्माण गर्न सबै निकायको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार रेडक्रस माध्यमिक विद्यालयले आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजना गरिएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
उनले विद्यालयमा आवश्यक रहेको भौतिक पर्बुधार निर्माणका कार्यहरू भइरहेको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन स्थानीय सरकार, प्रदेश सरकार , सङ्घीय सरकार सँग आवश्यक सहयोग माग्ने बताए । उनले भने विगतमा विद्यालयको अवस्था कस्तो थियो अहिले धेरै परिवर्तन भएको छ अझै एक वर्षमा धेरै परिवर्तन हुन्छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले रेडक्रस माध्यामकि विद्यालय अन्य विद्यालयको तुलनामा रेडक्रस माध्यमिक विद्यालय फरक क्षमता भएका व्यक्तिहरूलाई समेत अध्यापन गराउने विद्यालय भएको बताए ।  उनले सिमि स्रोत साधनका बिच पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले जिल्ला समन्वय बाट आर्थिक सहयोग गर्न नसकिने अवस्था रहेको बताउँदै अन्य सरोकारवाला निकाय सँग समन्वय गरिने बताए ।
नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले सबै सरोकारवाला निकायको सहयोगमा रेडक्रस माध्यमिक विद्यालयलाई नगरमा रहेका माध्यमिक विद्यालय भन्दा राम्रो बनाउन सकिने बताए ।
उनले विद्यालयको शैक्षिक,भौतिक विकास गर्नका लागि अभिभावक शिक्षक र विद्यार्थी सबैको महत्त्वपूर्ण ुभमिका रहेको बताए । उनले प्राविधिक विषय अध्यापन गरिरहेको बालबालिकालाई ओजे टी गर्नका लागि आवश्यक सामाग्री खरिद गर्न पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरे ।
रेडक्रस माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक प्रसाद न्यौपानेले रेडक्रस माध्यमिक विद्यालयको इतिहासमा पहिलो पटक भव्य र सभ्य कार्यक्रम सम्पन्न भएको बताए । उनले लामो समय देखी विद्यालयमा अध्यापन गराएर अनिवार्य अवकाश पाउनुभएका निवर्तमान प्रधानाध्यापक हीरामणि न्यौपानेलाई कदर प्रत्रका साथ सम्मान गरी बिदाइ गरिएको बताए । उनले आफूलाई कखरा पढाउने शिक्षकको बिदाइ गर्दा निकै भावुक भएको बताउँदै आफ्नो हातबाट बिदाइ गर्न पाउँदा खुसी भएको बताए ।
 रेडक्रस माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र रेग्मीले विद्यालयलाई नमुना र जिल्लाकै उत्कृष्ट विद्यालय निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले प्रधानाध्यापक एक्लैले केही गर्न नसक्ने बताउँदै अभिभावक,शिक्षक,विद्यार्थी, शिक्षक अभिभावक सङ्घले विद्यालयको निरन्तर निरक्षण र आवश्यक सल्लाह दिएको खण्डमा विद्यालयलाई उत्कृष्ट बनाउन आफ्नो तर्फ बाट कुनै कसर बाँकी नराख्ने बताए । उनले ३० वर्ष प्रधानाध्यापक हुनुभएका हीरामणि न्यौपाने,नमराज खत्री,तारा केशर उपाध्यायलाई कदर पत्रले सम्मान गरिएको बताए ।