पार्टि विभाजन नभएर पुर्नगठन गरेका हौ : प्रकाश ज्वाला
दैलेख : नेकपा (एकिकृत समाजबादी)का केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले)को बिभाजन भन्दा पनि त्यसको पुर्नगठन भएको बताएका छन । समाजबादी पत्रकार संगठनले दैलेखमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।
उनले लामो त्याग बलिदानी र संर्घष बाट प्राप्त भएका उपलब्धी माथी प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफुहरु त्यसको बिरुद्धमा लागेको बताए । उनले हामीले नेकपा एमालेलाई बिभाजन भन्दा पनि त्यसको पुर्नगठन गरेको मात्र बताए । उनले भने एमाले फुटाएको भए नयाँ मान्छे हुन्थे होला तर हेर्नुहोस सबै पुरानै नेता तथा कार्यकर्ता हुनुहुन्छ ।
उनले भने संबिधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गर्नै नसक्ने गरी ब्यवस्था गरेको भएपनि प्रधानमन्त्रीले त्यसमा पटक पटक प्रहार गर्नुभयो त्यहाबाट आफुहरुको बिचमा राजनैतिक दरार आयो र हामीले अव फरक फरक समुहमा लागेको भन्दै एमाले अव कम्युनिष्ट पार्टी नभएको बताए । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव रामकुमारी झाक्रि,कर्णाली प्रदेश सरकारका भौतिक पुर्वधार विकास मन्त्री अम्मर बहादुर थापा लयागतको उपस्थिती रहेको थियो ।