Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

समन्वय समितिका सदस्यले गरे प्रधानाध्याक माथी हातपात


दैलेख  :  जिल्ला समन्वय समितिका सदस्य नन्द बहादुर खड्काले ज्वाला उमावि बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीलाई अभद्र व्यवहार गरेका छन । शिक्षा सम्बन्धि छलफल गर्नु पर्ने भन्दै भगवतीमाई गाउँपालिकाका अध्यक्षको कार्यकक्षममा बोलाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्काले प्रधानाध्यापक अधिकारीलाई अभद्र व्यवहार गर्दै हातपातको प्रयास समेत गरेका हुन ।
ज्वाला माद्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र अधिकारीले आफुलाई अपमानजनक व्यवहार गर्नुका साथै पानीको बोतलले समेत हिर्काएको बताए । उनले विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै मलाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको कार्यकक्षमा बोलाइयो, म गएँ, विद्यालयको ८कोठे भवनको विषयमा कुरा भयो, विद्यालयमा सामाजिक परीक्षण गर्ने विषयमा कुरा भयो, भवनको अझै फरफारक हुन सकेको छैन, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद सकिएको दुई वर्ष भइसकेको छ । विद्यालयको शैक्षिक सुधारका विषयमा विद्यालय व्यवस्थापन समिति तत्काल नयाँ गठन गर्नुपर्ने, भवनको प्रभावकारिताबारे जनप्रतिनिधिहरूले ख्याल गर्नुपर्ने विषयमा कुरा हुँदै थिए, एक्कासि ममाथि आक्रोश पोख्दै, गालीगलौज गर्दै, अध्यक्षको टेबुलमा राखिएको पानीको बोतलले हिर्काएर अपमान गरेको बताए ।

उनले राजनीतिक पूर्वाग्रह साँधेर आफूमाथि अनावश्यक आरोप लगाउने गरेको र आफुले त्यसो नगरेको प्रस्टीकरण दिदा आफु माथीनै प्रहार भएका हारण आफुले असुरक्षीत महषुस गरेको बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयको शैक्षिक सुधारबारे शिक्षा समितिमा छलफल भएको र सोहीअनुसार सामाजिक परीक्षण गर्ने विषयमा छलफल हुँदै गर्दा आपसमा भनाभन भएकै अवस्थामा जिल्ला समन्वय समितिका सदस्य नन्द बहादुर खड्काले देवेन्द्र अधिकारीलाई पानीको बोतलले हिर्काएको र पुनः अर्को बोतल हिर्काउँदा आफूले खोसेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्नुभएका नन्द बहादुर खड्का जिल्ला समन्वय समितिको सदस्य भएपछि उनले स्वतः अध्यक्ष पद छोड्नुपर्ने कानुनी प्रावधान हो । अध्यक्ष पद छोडेपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने थियो । तर, बलमिचाइँ गरेर विगत दुई वर्षदेखि अध्यक्ष पद आफै राख्ने र विद्यालयको कामका विषयमा चासो नदिएका कारण निर्माण गरिएको विद्यालयको कामको फरफारक र विद्यालयका अन्य शैक्षिक गतिविधिहरूमा झनै समस्या भएको त्यहाका शिक्षकहरुले बताएका छन ।
नाम उल्लेख नगर्ने शर्तमा शिक्षकले शिक्षकहरूले यस्ता विषयहरूको कुरा उठाउँदा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका सदस्य नन्द बहादुर खड्काले अपमान गर्दै प्रधानाध्यापक नै हटाइदिने धम्की दिँदै आएको बताए ।

error: Content is protected !!