Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

पहिरो पीडितलाई जनही १५ हजार आर्थिक सहयोग


दैलेख  :  नौमूले गाउँपालिका–४ कालिकाका पहिरो पीडित २६ घर परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । डिसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालित साकार परियोजनाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले ३ लाख ९० हजार रुपैयाँ सहयोग प्रदान गरिएको बताइएको छ ।

साकार परियोजनाका संयोजक पुस्करप्रसाद शर्माले २६ घरपरिवारलाई पहिरो पीडितका लागि आईएमी मार्फत पठाईएको रकमको आईएमी नम्बर बिहीवार उपलब्ध गराईएको जानकारी दिए ।

उनले नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहको उपस्थितीमा गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच आईएमी नम्बर पहिरो पीडितहरुलाई प्रदान गरिएको बताए । ।
पहिरो पीडितहरुलाई आजआर्जन मुलक क्रियाकलाप सञ्चालन गरी जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराईएको परियोजना संयोजक शर्माले बताए ।साभार ज्वाला सन्देश 

error: Content is protected !!