Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

अग्रिम बुकिङ खुल्यो

काठमाडौं  : दशैँमा घर जानेहरूका लागि हिजो (सोमबार) बाट अग्रिम टिकट बुकिङ खुला भएको छ। काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन आ–आफ्नो घर जाने गर्दछन्।
कोरोनाले गर्दा गत वर्षभन्दा यस वर्ष जनजीवन सामान्य बन्दै गएको छ। यतिबेला धेरै गाउँ जाने भएकाले टिकट काउन्टरमा भीडभाड हुने यातायात व्यवसायीहरूले अपेक्षा लिएका थिए। तर काउन्टर खाली छन्। यात्रुहरू टिकट काट्न नै नजाने गरेको यातायात व्यवसायी बताउँछन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँको टिकट बुकिङ गर्ने मान्छेहरू नै नरहेको बताए। हिजोबाट टिकट बुकिङ खुलेपनि काट्न आउने मान्छेहरू नै छैनन्उ नले भने फाट्टफुट्ट मात्रै मान्छेहरू टिकट काट्न आएका छन्।’

कोभिड–१९ का कारण स्कुल बन्द भएकाले केही दिन अघि नै अभिभावक छोराछोरी लिएर उपत्यका छाडेकाले चाप नभएको हुनसक्ने उनले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ।