Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

आठ पालिकामा निर्वाचन,तीनमा सर्वसम्मत

दैलेख  :  दैलेखका ११ स्थानीय तहमा नेपाली काँग्रेसको पालिकाअधिबेशन सम्पन्न भएको छ । दैलेखका ११ स्थानीय तह मध्ये आठ वटा पालिकामा निर्वाचन र अन्य तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

नारायण नगरपालिका,नौमुले गाउँपालिका,डुगेश्वर गाउँपालिका,महावु गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका, आठबिस नगरपालिका,भैरवी गाउँपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ भने गुराँस गाउँपालिका,भगवतिमाई गाउँपालिका,दुल्लु नगरपालिकामा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

निर्वाचन मार्फत नारायण नगरपालिकाको नगर सभापतिमा मनोज कुमार थापा चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगर सभापतिमा जगत बहादुर शाही ,आठबिस नगरपालिकामो नगर सभापतिमा अर्जुन बहादुर शाही, नौमुले गाउँपालिकाको सभापतिमा गंगा बहादुर शाही, डुगेश्वर गाउँपालिकाको सभापतिमा भीम बहादुर भट्ट,महावु गाउँपालिकामा कर्ण बहादुर शाही ,ठाटिकाँध गाउँपालिकामा बिष्णु रिमाल भैरवी गाउँपालिकामा हेमराज जैसी सभापतिमा निर्वाचित भएका हुन ।
दुल्लु नगरपालिकामा लाल बहादुर रावत नगर सभापतिमा सर्बसम्मत निर्वाचित भएका छन ।

त्यस्तै भगवतिमाई गाउँपालिकामा खगेन्द्र शाही गुराँस गाउँपालिकामा चन्द्र प्रकाश भट्टराई सभापतिमा निर्वाचत भएका छन । ११ स्थानीय पालिका रहेको दैलेखमा १० पालिकाको निर्वाचन सम्पन्न हुँदा अधिकाँस पालिकामा युवा नेृतत्वमा पुगेको छन । दैलेखको नारायण नगरपालिकामा मनोजकुमार थापा,नौमुले गाउँपालिकामा गंगा बहादुर शाही,भगवतिमाई गाउँपालिकामा खगेन्द्र बहादुर शाही,आठबिस नगरपालिकामा अर्जुन बहादुर शाही,गुराँस गाउँपालिकामा चन्द्र भट्टराई निर्वाचित भएका छन ।

नारायण नगरपालिकाका नगर सभापति मनोज कुमार थापाले अव नेपाली काँगे्रस युवाहरुको काधमा आएको बताए । उनले युवा निर्वाचनमा लडेका मात्र होइनन प्रत्येक प्रतिनिधिले युवाले मात्र काँग्रेसको नेतृत्व गर्न सक्छन भनेर विश्वासका साथ जिताएको र उनीहरुको विश्वासलाई मर्न नदिने बताए ।